काठमाण्डाै – ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणमा रहेकाले राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानमन्त्रीकाे सिफारिशमा ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी दिएका हुन् ।
प्रधानमन्त्रीसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र तेस्राेमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल पनि भारत गएकाले मन्त्रिपरिषद्मा चाैथाे वरीयताका श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पाएका हुन् ।
प्रधानमन्त्री औपचारिक भ्रमणमा जाँदा कार्यवाहक तोक्ने व्यवस्था छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?