पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने आयल निगमको निर्णय

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य नबढाई साविककै मूल्य कायम राख्ने निर्णय गरेको हो।  निगमद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, गत केही महिनादेखि मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आएको छ।

आइतबार नयाँ खरिद मूल्य प्राप्त भए तापनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन नसकेको निगमले जनाएको छ।

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिए पनि हालको परिस्थितिमा नेपाल आयल निगमलाई पाक्षिक रूपमा १ अर्ब ६२ करोड ७७ लाख घाटा हुने देखिएको निगमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?