सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन

पाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ।

फाइनलमा साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभर ३ बलमा बिना विकेट पूरा गर्‍यो।

सुदूरपश्चिमको जीतमा जर्ज मुन्सीले  ५४ बलमा अविजित १२५ रनको शतकीय इनिङ्स खेले । विनोद भण्डारी २७ बलमा ३० रन बनाएर अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । लुम्बिनीका लागि लागि दिलीप नाथले अविजित ३९, रोहित पौडेलले ३० र निरोशन डिकवेलाले २८ रन बनाए ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको  थियो। यस पटक भने उपाधि जित्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?