तनहुँ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र नेपाल पत्रकार महासंघका मागहरू तत्काल पूरा गर्न माग गर्दै नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना कार्यक्रम गरेको छ ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल पूरा गर’ र ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लगायतका नारासहित पत्रकारहरूले प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।
धर्नापछि आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीले वर्तमान सरकार सञ्चारमाध्यमप्रति अनुदार बन्दै गएको आरोप लगाए । उनले सञ्चारमाध्यममै पुगेर पत्रकारमाथि धरपकड गरिए पनि दोषीलाई कारबाही हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
अध्यक्ष अधिकारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पत्रकारमाथि हुने धरपकड र दमन रोक्न तथा महासंघले अघि सारेका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे ।
पत्रकार महासंघले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै धर्ना कार्यक्रम गरेको हो ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?