अफ्रिकादेखि युरोपसम्मको खतरनाक एटलान्टिक महासागरको मार्गमा आप्रवासी बोकेको एउटा डुङ्गा दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
सेनेगलको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जनालाई जीवित अवस्थामा उद्धार गरिएको र अन्य २१ जनाको मृत शरीर पानीबाट निकालिएको जनाएको छ ।
शनिबार अबेरसम्म मृतकको सङ्ख्याबारे फरक फरक भनाइ सार्वजनिक भएका छन् भने पानीमा हराइरहेका व्यक्तिको खोजी कार्य जारी रहेको र पीडिअतका परिवारलाई सहयोग भइरहेको बताइएको छ ।
सञ्चार माध्यमका अनुसार डुङ्गा शनिबार डकार र उत्तरी शहर सेन्ट लुइसको बीचमा रहेको केबेमर र लुम्पोल क्षेत्रमा डुङ्गा दुर्घटना भएको थियो ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?