पूर्वमन्त्री भण्डारीद्धारा बाढीपहिरो क्षेत्रको निरिक्षण

दमौली :  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले बाढीपहिरोले पुर्याएको क्षतिको निरिक्षण गरेका छन् ।निरिक्षणका क्रममा मंगलबार पूर्वमन्त्री भण्डारीले भानु नगरपालिकाका ८, १० र ११ का विभिन्न स्थानमा बाढीपहिरोले पुर्याएको क्षतिको जानकारी समेत लिएका थिए ।

पूर्वमन्त्री भण्डारीले सोमबार भानु नगरपालिका वडा नं. ११ ढाँडबेशी निवासी खोलाले बगाएर बेपत्ता भएका चन्द्रबहादुर गुरुङको परिवारलाई भेटघाट गरी सान्त्वना दिएका छन् । भेटघाटका क्रममा पूर्वमन्त्री भण्डारीले खोजीकार्यमा कुनै कसर बाँकी हुन नदिने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।सोही अवसरमा पूर्वमन्त्री भण्डारीले गुरुङ परिवारलाई २० हजार रुपैया समेत प्रदान गरेका थिए ।

पूर्वमन्त्री भण्डारीले मंगलबार नै भानु नगरपालिका वडा नं. ८ स्थित अस्मिता कुँबरको पहिरोको जोखिममा रहेको घरको समेत नरिक्षण गरका थिए । पहिरो नियन्त्रणका लागि तार जालीको व्यवस्था समेत मिलाएका थिए ।

त्यसैगरी पूर्वमन्त्री भण्डराीले भानु–१० दुधेकुनामा पहिरोले क्षतिग्रस्त बस्तीको नरिक्षिण गरेका थिए । पहिरोबाट आधा दर्जन भन्दा बढी बघर जोखिममा परेका छन् ।

बाढीपहिरो निरिक्षणका क्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी, निर्वतमान नगर प्रमुख उदयराज गौली, नेपाली कांग्रेसका जिल्ला सदस्य डम्बरबहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?