दमौली : चर्चित अनलाइन खेल पब्जी बन्द गर्न संसदमा माग उठेको छ। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा संसदमा नेपालमा पब्जी बन्द गर्नु पर्ने आवाज उठेको हो।
सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन्।विश्वका कतिपय देशमा पब्जी बन्द गरिएको छ।
पब्जी खेल्न नदिएको झोकमा भारतमा एक १६ वर्षीय किशोरले गोली हानी आफ्नै आमालाई मारेको घटना प्रकाशमा आएसँगै नेपालमा पनि यसलाई बन्द गर्न आवाज उठेको हो।
पछिल्लो समय पब्जी खेलका कारण किशोर र युवा पुस्ता फसेको भन्दै पब्जी बन्द गर्न माग हुँदै आएको छ।
पब्जीको कुलतमा फसेका सोह्र वर्षका किशोरले खेल्न नदिएपछि आमाको हत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?