काठमाण्डाै :नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलाे दलका रूपमा स्थापित भएकाे बताएकाे छ ।
कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतकाे अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका नेता पौडेलले बिहीवार काठमाण्डाैमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्ताे बताएका हुन् ।
उनले नेपाली कांग्रेसले एक सय ४१ ठाउँमा प्रमुख, एक सय ८८ ठाउँमा अध्यक्ष, एक सय १० ठाउँमा उपप्रमुख र एक सय ९० ठाउँमा उपाध्यक्ष जितेको जानकारी दिए ।
त्यसैगरी दुई हजार ६ सय ६५ वडाध्यक्ष, दुई हजार ६ सय ६ महिला सदस्य, दुई हजार पाँच सय ५१ दलित महिला सदस्य र पाँच हजार तीन सय सात खुला सदस्य जितेको पनि उहाँले बताए ।
पार्टीभित्र फरक–फरक धारणा रहेकाले पालिका चुनावमा गठबन्धन प्रभावकारी हुन नसकेको उनकाे भनाइ छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?