आफ्नै आमाको कुटाईबाट पाँच बर्षिय छोरा गम्भीर घाइते

दमौली : तनहुँको  शुक्लागण्डकी नगरपालिका–१०, जुवालथरमा आफ्नै आमाको कुटाई बाट पाँच बर्षिय छोरा गम्भीर घाइते भएको छ ।

शनिबार दिउसो ३२ बर्षकी टीकादेवी नेपालीले आफ्नै ६ बर्षका छोरा सागरलाई आगो फुक्ने ढुङ्ग्रोले टाउकोमा पटक पटक हिर्काउँदा सागर गभिर घाईते भएको हो ।

 छोरालाई घाईते गराएकी टीकादेवी यतिबेल प्रहरी अनुसन्धानमा रहेकी छिन् । अहिले घाईते बालक आफन्त र स्थानीयको सहयोमा जिपि कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रमा उपचारत अवस्थामा रहेका छन् ।

बालकको आमा हाल इलाका प्रहारी कार्यालय बेलचौताराको नियन्त्रणमा छिन  ।

घट्ना सामान्य नभएको भन्दै घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?