उपचारका लागि हेलिकप्टर कुर्दाकुर्दै उनको शुक्रबार दिउँसो करिब साढे १ बजे मृत्यु भएको वडाध्यक्ष सरोज लामाले सेतोपाटीलाई बताए।
यो क्षेत्र मनास्लु संरक्षित क्षेत्रअन्तर्गत पर्छ।
बिरामी उद्धार गर्न पनि जिल्ला प्रशासन कार्यालय गोरखासहित गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिनुपर्ने झन्झट रहेको वडाध्यक्ष लामा बताउँछन्।
‘हिजो बेलुकीदेखि मुटु दुख्यो भनेर उनी छटपटाइरहेकी थिइन्,’ लामाले भने, ‘उपचारका लागि उनलाई हेलिकप्टरबाट उद्धार गर्न बिहानदेखि लाग्यौं तर हेलिकप्टर नउड्दै उनको मृत्यु भयो।’
जिल्ला प्रशासन कार्यालय गोरखाले बिहान ८ बजेतिरै हेलिकप्टर उडान अनुमति दिए पनि मन्त्रालयहरूबाट अनुमति पाउन ढिलाइ भएको उनी बताउँछन्।
‘यो दुर्गम ठाउँ हो, स्वास्थ्य संस्थामा प्राथमिक उपचारबाहेक अरू सम्भव छैन,’ उनले भने, ‘मुटु दुखेको हुनाले उनलाई काठमाडौं नै लैजानुपर्ने थियो। तर हेलिकप्टर उडाउने प्रक्रिया मिलाउँदा मिलाउँदै उनको मृत्यु भयो।’
उनलाई हेलिकप्टरबाट उद्धार गर्न परिवारका सदस्यले ऋणसमेत खोजिसकेका थिए।
‘हेलिकप्टर कुर्दाकुर्दै उनको मृत्यु भयो,’ उनले भने, ‘दुर्गमका जनताले उपचार सेवा पनि नपाउने स्थिति छ।’
सेतोपाटी









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?