काठमाडौं : सत्ता गठबन्धन एबम नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुन: नियुक्त गरेसंगै युथ काँग्रेसद्वारा आपत्ति जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १५ गते अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको थियो ।सो बिषयमा युथ काँग्रेसद्वारा प्रेस बिज्ञप्ति जारी गरेको छ।
उक्त बिज्ञप्ति मार्फत यो लोकतन्त्र र संसदीय व्यवस्थको उपहास हो। कानुनका मान्य सिद्धान्त र प्राकृतिक न्यायको सिद्धान्तलाई चुनौती दिने गरि गठन गरिएको संसदीय बिशेस समितिले अर्थमन्त्रीलाई चोख्याउन गरिएको नाटक सरकार र सत्तारुढ दलहरुको असंबेदनशीलको पराकाष्ट भनिएको छ । साथै विपक्ष दल नेकपा एमाले यस्तो संबेदनशील मुद्दा एबम अधिकारि मुद्दासंग दाँजेर अङ्गिकृत गरि चुपचाप बसेको र राजनैतिक दलहरुको राजनीतिक स्वार्थले अर्थतन्त्र बन्दी बनेको समेत आरोप लगाएका छन् ।
अर्थमन्त्री शर्मालाई बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए ।
संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुन: अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?