आँबुखैरेनी-गोरखा सडकखण्डमा पहिरो

आँबुखैरेनी : तनहुँको आँबुखैरेनीदेखि गोरखा सदरमुकाम आउजाउ गर्ने मुख्य सडक पहिरोले अवरूद्ध भएको छ।गोरखाको मझुवादेउराली-तीनकिलो सडकखण्डमा पहिरो खसेपछि आज दिउँसो सडक अवरूद्ध भएको थियो।

पहिरो पन्छाएर सडक पुन: सञ्चालन गर्ने तयारी भइरहेको छ।गोरखकाली रबर उद्योग नजिकै पहिरो खसेर सडक दुवैतर्फी अवरूद्ध भएको थियो।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

सुरूमा एकतर्फी सडक खुला गर्ने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?