मङ्सिर ४ गते चुनाव गर्न सत्तारूढ गठबन्धन सहमत

काठमाडौं : सत्तारूढ पाँचदलीय गठबन्धनको बैठकले मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने सहमति गरेको छ ।आज बुधवार बालुवाटारमा भएकाे गठबन्धनको बैठकमा मङ्सिर ४ गते चुनाव गर्ने सहमति भएको हो ।

गठबन्धनलाई निरन्तरता दिने सहमतिसहित सत्तारूढ दलहरूको बैठक शुक्रवार बिहान साढे ९ बजे बस्ने निर्णय भएको स्रोतले बताएको छ ।

आजको बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी भएको थियो ।

बैठकमा नेताहरूबीच देशको पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?