दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँ परिसरमा राहदानी फाराम भर्न आउनेहरुको भीड लागेको छ।बिहिवार राहदानी फाराम भर्ने सर्वसाधारणको भीड लागेको हुन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले एक दिनमा १ सय जनाको मात्र कोटा छुट्याउँदै आएकोमा भुलबस ४ सय जनाको नाम दर्ता हुन पुग्दा राहदानी फारम भर्नेको भीड लाग्न पुगेको जानकारी दिए ।
राहदानी फारम भर्नेको भीड बढे लगत्तै एक सय जनालाई मात्र बुधबार दिने व्यवस्था गरि अन्यलाई क्रमसः दिने हिसाबले फिर्ता पठाउने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गैरेले भनाई रहेको छ ।
राहदानी फारम भर्नेको भीडले जिल्ला प्रशासन कार्यालयको मुख्यद्धार देखि गेटसम्म लाइन लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?