श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

नेपालगञ्ज : श्री एयरलाइन्सको ९ एन–एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।

बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको हो।

जहाज सुरक्षित अवतरण भएको छ ।

जहाजमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?