
मुग्लिन : नारायणगढ–मुग्लिन सडकखण्ड गयराती पहिरो खसेको छ । भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा (मौरी खोला पुल नजिकै) पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
केराबारीमा बर्षातका कारण लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
राती २ बजे खसेको पहिरो डिभिजन सडक कार्यालय भरतपुरसंग समन्वय गरेर पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
एक साताको अवधिमा सो क्षेत्रमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?