निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार साउन २२ गते देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

विज्ञप्तिमा भनिएको छ ,“दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने छ ।  यसरी दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रूपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्नेछ,” ।

सरकारले मंसिर ४ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?