दमौली । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले दुघर्टना बापतको मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको दमौली शाखाले मृतकको परिवारलाई २० लाख ४८ हजार रुपैंया मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीले तनहुँ ब्यास नगरपालिका–७ पथरा निवासी बीमित उत्तम वंश न्यौपानेका परिवारलाई उक्त रकम प्रमुख अथिति ब्यास नगरपालिकाका उप मेयर इन्दिरा दरै, आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी एरियाका प्रमुख पुरुषोतम पण्डित,दमौलीका शाखा प्रमुख महेन्द्र साखी,अन्डरराईटिङ विभाग कि प्रतिभा पोख्रेल खनालले सयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । मृतक न्यौपाने आई.एम.ई. लाइफ इन्स्योरेन्सका एजेन्सी मेनेजर समेत हुन् ।
न्यौपाने २०७८ असोज १३ गतेका दिन २० वर्षको लागि १० लाख रुपैयाँको जीवन बिमालेख खरिद गरेका थिए । गत जेठ १५ गतेका दिन उनको टिप्पर दुघर्टनामा परी मृत्यु भएपछि उक्त रकम न्यौपानेकी श्रीमती निर्मला न्यौपानेलाई भुक्तानी गरेको हो । उनले पहिलो किस्ता मात्र कम्पनीलाई बुझाएका थिए ।
उक्त कार्यक्रममा प्रमुख अथिति इन्दिरा दरैले एक बत्तीले लाख बत्ती बाले जस्तै हरेक घरमा अभिकर्ताले जीबन बीमाको दियो बाल्नुपर्ने बताइन।सो कार्यक्रममा गण्डकी एरियाका प्रमुख पुरुषोतम पण्डितले जीवन बीमाले व्यक्तिनै फिर्ता ल्याउन नसकेपनि उसको आम्दानीलाई बचाइराख्न जीवन बीमामा लगानी गर्नुपर्ने कुरामा जोड दिए । साथै दमौलीका शाखा प्रमुख महेन्द्र साखीले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको बताए ।
सो अबसरमा मृतककी श्रीमती निर्मला न्यौपानेले कम्पनीले छोटो समयमै मृत्यु दाबी भुक्तानी गरेकोमा कम्पनीलाई धन्यबाद ब्यक्त गरिन ।
उक्त कार्यक्रममा ब्यास नगरपालिकाका ४ का वडा सदस्य सरोज भण्डारी, आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी आँबुखैरेनीका शाखा प्रमुख दिवस अधिकारी,आई.एम.ई. जनरल इन्स्योरेन्सका एलोज श्रेष्ठ,सिनियर एजेन्सी मेनेजर बिष्णु माया गैरे ,एजेन्सी मेनेजर ( बिमा दुत) बिजय फुंजालि ,एजेन्सी मेनेजरहरु सपना श्रेष्ठ ,राधा पोख्रेल, सुनिता पौडेल , बिनिता श्रेष्ठ, तिल बहादुर कुमाल,बिबेक भट्ट, निरुपा ठकुरी , मनिषा गुरुङ ,रामजी न्यौपाने साथै अभिकर्ताहरु सुमन परियार,श्री माया श्रेष्ठ, रामा न्यौपाने, खानु माया राना, सुनिता श्रेष्ठ,शर्मिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?