राप्रपा भानुको कार्यसमिति विस्तार

दमौली : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भानु नगर कमिटिले कार्यसमिति विस्तार गरेको छ । आज भएको पुनर्गठित कार्यसमिति विस्तारको अध्यक्षमा विवेक न्यौपाने चयन गरेको जिल्ला अध्यक्ष बिनोद घर्तिले जानकारी दिए ।

त्यस्तैगरी  उपाध्यक्षमा ईश्वरी लम्साल, सचिवमा रमिता थिङ्ग ,सहसचिवमा अमृत कुमार श्रेष्ठ,कोषाध्यक्षमा विकास केसी,प्रवक्तामा शिव बहादुर खड्का र सचेतकमा कृष्ण बहादुर थापा चयन भएका छन् ।

पुनर्गठित सदस्यहरुमा हरी अधिकारी ,लोक बहादुर गौली, बाबुराम सिंखडा ,अन्जना नेपाली,इन्द्र बहादुर अधिकारी लोक बहादुर थापा ,शैलेश मिश्र ,शरणहरी देवकोटा,चन्द्रकला थापा ,हरिचन्द्र घिमिरे र अम्बिका बोहोरा कुँवर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?