म्याग्दे गाउँपालिकाले भेटेरीनरी पढ्नेलाई छात्रवृत्ति दिने

दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले भेटेरीनरी अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

१८ महिने भेटेरीनरी कोर्ष अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका एसइइ उत्तीर्ण तथा तोकिएको योग्यता भएका विद्यार्थीलाई सो कोर्ष अध्ययन अन्तर्गत लाग्ने शुल्कको ५० प्रतिशत वा सोभन्दा बढी छात्रवृत्ति रकम प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

अध्ययन गर्न चाहने विद्यार्थीहरुले यहि साउन २५ गते भित्र आफ्नो शैक्षिक योग्यताको प्रतिलिपि र निवेदन सहित आबेदन दिनका लागि पालिकाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?