तनहुँमा २० किमि कालोपत्रको लक्ष्यमा १२ किमि मात्रै पूरा

दमौली : तनहुँमा एक बर्षको अवधिमा १२ किलोमिटर सडक कालोपत्रे गरेको छ  ।

आर्थिक वर्ष २०७८/७९ मा २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। तर, एक  आर्थिक वर्षको अवधिसम्म जम्मा १२ किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यलय तनहुँका प्रमुख दिनेश कुमार घिमिरेले जानकारी दिए ।

गत आर्थिक वर्षको तुलनामा  निर्मण कार्यमा प्रगति देखिएता पनि  २०७८/ ७९ को बार्षिक प्रगति विवरणमा पूर्वाधार विकास कार्यलय तनहुँको निर्माण प्रगति निराशाजनक नै देखिएको छ।

कार्यलयले आव २०७८/७९ मा १८ किलोमिटर खण्डास्मित अर्थात ग्राभेल, ४७ किलोमिटर सडक चौडाई विस्तार, ४५ किलोमिटर नाली निर्माण , एक लाख ८ हजार ४ सय ५० घनमिटर टेवा पर्खाल निर्मण र ४ किलोमिटर कच्ची सडक विस्तार गरेको बार्षिक प्रगति विवरणमा उल्लेख छ।

त्यस्तैगरी  झुलुंगे पुल १ वटा ,सडक पुल १ वटा र २ वटा  निर्मण गरेको बार्षिक प्रगति विवरणमा उल्लेख गरेको  छ।

कार्यलयले गत आर्थिक वर्षमा ४ किलोमिटर कालोपत्रे, २०किलोमिटर ग्राभेल, र कच्ची ससडक विस्तार शुन्य रहेको  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?