दमौली : तनहुँमा यसपटक मतदाता नामावली दर्तामा सर्वसाधारणको उत्साह बढेको छ। दुई महिनामा सात हजार भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा विवरण भरेका छन्।
१० स्थानीय तह रहेको तनहुँमा गत स्थानीय तह सदस्य निर्वाचनमा २ लाख ४४ हजार ३ सय ४० जना मतदाता रहेको थिए। गत असार १ देखि हालसम्म तनहुँमा ७ हजार ४ सय १४ जनाले फोटोसहितको मतदाता नामावलीमा फर्म भरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।
स्थानीय निर्वाचनछि अन्य जिल्लामा नामावली दर्ता गराएका अद्यावधिक विवरण नआएकाले त्यो संख्या केही बढ्ने जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरी ढकालले बताए ।
सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै शुक्रबार देखि मतदाता नामावली संकलन कार्य स्थगित भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?