दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाले ‘२८औं विश्व आदिवासी दिवस’ अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगर प्रमुख कृष्णराज पण्डितले जारी गरेको सूचना अनुसार भोलि (श्रावण २४ गते) सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) बन्द रहने जानकारी दिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?