ऋषिङ गाउँपालिकाले भोलि सार्वजनिक विदा दिने

दमौली : तनहुँको ऋषिङ गाउँपालिकाले  ‘२८औं विश्व आदिवासी दिवस’ अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले  जारी गरेको सूचना अनुसार भोलि (श्रावण २४ गते) सार्वजनिक बिदाका अवसरमा गाउँपालिका  अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) बन्द रहने जानकारी दिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?