दमौली : तनहुँको भानु नगरपालिकाले ‘२८औं विश्व आदिवासी दिवस’ अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको यही साउन २३ गतेको निर्णयले आदिवासी अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका नि . प्रशासकीय अधिकृत ध्रुबराज पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) बन्द रहने जानकारी दिएको छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?