दमौली : तनहुँको देबघाटमा बसले ठक्कर दिँदा एक जना जना बालकको मृत्यु भएको छ।
देबघाट गाउँपालिका-५ क्युदीका ११ वर्षीय रिभेज तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।
उनका अनुसार १७ गते साँझा सोहि देबपुरका दासढुङ सडक खण्डमा ग १ क ३०३४ नम्बरका बसले बसले उनलाई ठक्कर दिएको थियो ।
घाइते तामाङलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो। उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।
बस देवघाट गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ४४ को खम बहादुर मगरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?