वन्दिपुरमा हावाहुरिले घरकाे छानाे उडायाे

वन्दिपुर : तनहुँको वन्दिपुर गाउँपालिका वडानं.३ रामकाेटमा हावाहुरिले घरकाे छानाे उडाएकाे छ  ।

हावाहुरिका कारण २ वटा घरकाे छानाे उडाएकाे भने केही घरमा सामान्य क्षति पुगेकाे स्थानीय शम्भुलाल थापाले जानकारी दिए।

साेमबार साँझ करिब ४:३० वजे एक्कासि आएकाे हावाहुरिले स्थानीय शम्भुलाल थापा र काेलमाया नेपालीकाे घरकाे छानाे उडाएकाे हाे ।

हावाहुरिका कारण मकैकाे सुलि ढाल्नुका साथै केही घरहरुमा समेत क्षति पुगेकाे थापाले बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?