दमौली : आई एम ई लाईफ इन्स्योरेन्सले आफ्नो ५ औं वार्षिक उत्सवको अवसरमा लमजुङको दुईपिप्लेमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रिस्ती मादी आस्पतालको प्राविधिक सहयोगमा दुईपिप्ले शाखाको आयोजनामा उक्त शिविर सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम शिविरबाट मध्यनेपाल नगरपालिकाका करिब ८५ जनाले स्वस्थ्य लाभ लिएको दमौली शाखा शाखा प्रमुख महेन्द्र साँखिले जानकारी दिए ।
मध्यानेपाल नगरपालिकाका निवर्तमान उपमेयर राज कुमार श्रेष्ठले आई एम ई लाईफ इन्स्योरेन्सले नाफामुलक कार्य मात्र नभएर विशुद्ध सामाजिक कार्य गर्दै अगाडि बढेकोमा यस इन्स्योरेन्सको राम्रो सफलता मिल्दै जाने बताए । मध्यनेपाल – ४ का वडा अध्यक्ष श्री राम बहादुर श्रेष्ठले सामाजिक सेवामा समेत सक्रिय रहेको यस इन्स्योरेन्सले आफ्नो आफ्नो वडामा आएर शिविर संचालन गर्दीएको वडाबसीको तर्फबाट धन्यवाद दिए
रिस्ति मादी अस्पतालका अध्यक्ष मिलन कुमार श्रेष्ठका अनुसार यस्ता कार्यक्रमको आयोजना गर्नाले स्वास्थ्यप्रति संवेदनशीलता एवं नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे बोध हुने बताए ।
उक्त शिविरमा गण्डकी एरिया प्रमुख श्री पुरुशोत्तम पण्डित डा. बिबेक ओझा, सिनियर एजेन्सी मेनेजर श्री बाबुराम पुरी , एजेन्सी मेनेजर श्री सम्झना अच्छामि , आबुखैरेनि शाखा प्रमुख दिवस अधिकारी , एजेन्सी मेनेजर दुर्गादेवि घिमिरे गौतम, बरिष्ट हल्दार निर्मल बस्ने, प्राबिधिक टिमहरु प्रमिला लम्साल , पुजा सुनार र सन्दिप थापाको उपस्थिति रहेको थियो ।
सहभागीहरुले कम्पनिलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु ग्रामीण भेगमा ल्याउनुपर्ने सुझाब दिएका थिए । कम्पनीका दुईपिप्ले शाखा प्रमुख श्री सुचना जि. सि थापाको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन दमौली शाखा शाखा प्रमुख महेन्द्र साँखिले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?