काठमाडौं : अब लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिनका लागि ७० अंक मात्रै ल्याए पुग्ने भएको छ । र, यो व्यवस्था सात वटै प्रदेशमा कार्यान्वयनमा ल्याइनेछ । पोखरामा भएको यातायात व्यवस्थापनसम्बन्धी संघीय सरकार र सबै प्रदेश सरकारका मन्त्रीहरूको संयुक्त बैठकमासातै प्रदेशमा ७० अंक ल्याए लाइसेन्स पाउने व्यवस्था अनिवार्य गर्ने सहमति भएको हो ।
पोखरामा बसेको बैठकले लाइसेन्सको अनलाइन प्रणालीको सम्बन्धमा प्राप्त गुनासोहरुको सम्बोधन गर्न यातायात व्यवस्था विभागले आवश्यक पहल गर्ने समेत निर्णय गरेको छ । प्रदेशहरुले यस सम्बन्धमा आएका समस्याहरु विभागसँग समन्वय गरी समाधान गर्ने र विभागले प्रदेशहरुसँग समन्वय गर्न एक जना फोकल पर्सनको व्यवस्था गर्ने निर्णय भएको छ ।
लाइसेन्सको छपाई सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात वटै प्रदेशको लागि स्मार्ट कार्ड छपाई मेशिन खरिद गर्न विभागबाट सहजीकरण गरी प्रदेशस्थित सम्बन्धित कार्यालयबाट नै छपाई तथा वितरण गर्ने निर्णय गरेको छ ।
लाइसेन्स वितरण सम्बन्धमा विभागले कार्ड ट्र्याकिङ सिस्टम विकास गरी कार्यान्वयन गर्ने, स्वास्थ्य परीक्षणका लागि नेपाल मेडिकल काउन्सिलबाट अनुमति प्राप्त चिकित्सकको सिफारिस मान्य हुने गरी व्यवस्थापन गर्न पहल गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?