दमौली –डुम्रे सडक पानी पर्दा हिलाम्य, घाम लाग्दा धुलाम्मे
दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली -डुम्रे सडकखण्ड पानी पर्दा हिलाम्य, घाम लाग्दा धुलाम्मे हुने गरेको छ ।
पोखरा -मुग्लिन सडक खण्ड बिस्तार गर्ने क्रममा दमौली -डुम्रे सडकखण्ड पानी पर्दा हिलाम्य, घाम लाग्दा धुलाम्मे हुदाँ यात्रुहरुले सास्ती भोग्नु परेको छ ।
पानी पर्दा हिलो र घाम लाग्दा धूलो उड्ने समस्याका कारण पोखरा लगायत यस क्षेत्रमा भ्रमणमा आएका पर्यटक नराम्रोसँग प्रभावित हुने गरेका छन् ।
सडकमा दैनिक पानि हालेपनि धुलो नियन्त्रणका लागि अर्कै उपाय अपनाउनु पर्ने स्थानीयवासीहरु भनाइ रहेको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक विस्तारका लागि ठेक्का लागिसकेकाले सडक डिभिजनले केही गर्न नसक्ने देखिन्छ ।
सडकखण्ड धुलाम्य हुँदा यस ठाउँका स्थानीयवासीका अलवा राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणले पनि सास्ती भोग्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?