म्यादेको धयरेमा माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते

दमौली :   पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्यादे गाउँपालिका वडा नं. ३ धयरे स्थित  माइक्रो बस दुर्घटना भएको छ। दुर्घटनामा १४  जना घाइते भएका छन्।

बिहिवार दमौलीबाट पोखरा तर्फ  जाँदै गरेको बा ४ ख ९९९९  नम्बरको माइक्रो बस अनियन्त्रित भई सम्धी खोला पुलको  रेलिङमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ।

गाडीमा सवार १४ जना यात्रु रहेका प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काका अनुसार ५ जनालार्ई उपचारका लागि मणिपाल अस्पताल पोखरामा रिफर गरेको छ ।

बाँकी घाइतेको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?