दमौली : आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा, रक्षाबन्धन पर्व देशभर नवयज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
वैदिक सनातन धर्मावलम्बीले आजको दिन नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेपछि जौ, तिल, कुशद्वारा ऋषिहरूरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने गरिन्छ ।
सनातन धर्ममा गुरु–पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवित र रक्षासूत्र धारण गरेमा नकारात्मक भाव र तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
दमौलीबासीहरुले मनाएको जनैपूर्णिमालाई दमौली अनलाइनका संवाददाता मिलन तामाङ यसरी क्यामेरामा कैद गरे ।
हेर्नुहोस् तस्बिरहरू:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?