कर्णाली करिडोरमा सडक खन्ने क्रममा लडेर सैनिकको मृत्यु

नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

बिहीबार कर्णाली करिडोर निर्माणका क्रममा भिर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा लामिछाने चिप्लिएर भिरबाट झन्डै एक सय मिटर तल खसेका थिए ।

भिरबाट लडेर अर्का एक जना घाइते भएका छन् । सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको पहरीको भनाइ छ । लामिछानेको शव हेलिकप्टरमार्फत बिहीबार नै सुर्खेत लगिएको छ ।

टाउकोमा चोट लागेर घाइते भएका विष्टको नेपालगञ्जमा रहेको सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?