दमौलीमा ब्राह्मण समाज तनहुँद्वारा सामूहिक रक्षाबन्धन

दमौली :ब्राह्मण समाज नेपाल तनहुँको आयोजनामा शुक्रबार दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा सम्पन्न गरेका छन् ।

सामूहिक रक्षाबन्धन कार्यक्रममा तीन सय पन्ध्र जनाले जनाले रक्षाबन्धन गरेका छन्  । उक्त ब्राह्मण समाजले गतबर्ष देखि सामूहिक रक्षाबन्धन कार्य गर्दै आएको हो ।

शुरुका बर्षमा सामूहिक रक्षाबन्धन कार्यक्रम गर्न हुदैन भन्ने ब्राह्मण समाजका एक समुह बलियो हुँदाहुदै पनि आफुहरुले संस्थागत रुपमा निर्णय गरी रक्षाबन्धन कार्यक्रम सम्पन्न गरेको समाजका केन्द्रिय सदस्य उपेन्द्र लम्सालले जानकारी दिए ।

सार्वजनिकस्थलमा सामूहिक रक्षाबन्धन कार्यक्रम राखेपछि विविध कारणले भान्जाभान्जी,ज्वाई,मावली जान नपाएकाहरुलाई झनै सहज भएको समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताए।

बिहान ७ बजेदेखि दिउँसो करिब १२ बजेसम्मको अवधिमा विभिन्न जातजातिका मानिसहरुले आएर रक्षाबन्धन गरेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डोवाटे बिकले रक्षाबन्धन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।  ब्राह्मण समाज केन्द्रिय कार्यसम्पादन सदस्य डा.लक्ष्मीकान्त चापागाईले मन्त्री बिकलाई रक्षाबन्धन लगाइदिएका थिए ।

सो अवसरमा बोल्दै मन्त्री बिकले सामूहिक रक्षाबन्धन कार्यले समाजका रहेको जातिय बिभेद न्यूनिकरण गर्नका लागि सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?