दमौली : तनहुँको दमौली बजारका होटलहरु यति बेला भरिभराउ भएका छन् । भोलि हुने शिक्षक अनुमति पत्रको परीक्षा दिन आउनेहरुले गर्दा होटल भरीभराउ भएको होटल व्यवसायी संघ तनहुँका अध्यक्ष दुर्गा विलास भट्टराईले बताए ।
अध्यक्ष भट्टराईका अनुसार दमौली बजार ६ सय देखि ७ सयको हाराहारीमा बस्न सक्ने होटलहरु रहेको जनाएको छ ।
“अहिले परीक्षा दिन आउनेहरुको संख्या ८ सयको भन्दा बढी भएपछि हामीले उहाँहरुलाई दमौली बजार भन्दा बाहिर बस्न आग्रह गरेको छौं “अध्यक्ष भट्टराईले भने ।
यसरी बर्षेपिच्छे हुने परीक्षामा सहभागीहरुले दमौलीमा बस्ने ठाउँको समस्या भोग्दै आएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?