कालीगण्डकी नदीलेले बगाएर एक जना वेपत्ता

दमौली  : तनहुँको देवघाट गाउँपालिका–५ बेणी संगम स्थित कालीगण्डकी नदीले बगाउँदा एकजना वेपत्ता भएका छन् ।

हुनेमा दोलखा जिल्ला बैधेस्वर गाउँपालिका–३ बस्ने ७६ बर्षीय जंग बहादुर खड्का रहेका छन् ।

कालीगण्डकी नदी किनारमा नुहाउने क्रममा अचानक बगाएर बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी खोजलतास गरेपनि फेला पार्न नसकिएको तनहुँ प्रहरीले जनाएको छ ।

साँँझ अबेरसम्म पनि प्रहरी टोलीले खोजतलास गर्दा फेला नपरेको र खोजी कार्य जारी रहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?