छाब्दी मन्दिरमा परेवा उडाउन रोक

दमौली : तनहुँको प्रसिद्ध छाब्दी मन्दिरमा परेवा उडाउन रोक लगाएको छ । दर्शनार्थीले मन्दिरमा उडाएका मधेसी परेवामा बिभिन्न प्रकारका रोग देखा परेका कारण  उडाउन रोक लगाएको हो ।

त्यस्ता प्रकारका यहाँ भएका परेवा तत्काल मर्ने र फोहोरमैला भएको कारणले अनिश्चितकालको लागि परेवाको उडाउन रोक लगाएको  छाब्दी बाराही विकास कोषका अध्यक्ष मान बहादुर थापा  ले बताए ।

दैनिक बाक्लो भिड लाग्ने छाब्दीमा भाकल पूरा गर्नेक्रममा दर्शनार्थीले परेवा उडाउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?