अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

दमौली : तनहुँको म्याग्दे गाउँपालिका – ५  मा अरिङ्गालको टोकाइबाट एक जना युवाको  मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका  ३१ वर्षीया टोप बहादुर कुमाल  रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिहिवार सेति नदीको किनारमा सिसौको रुखमा रहेको अरिङगालको गोला पोल्ने क्रममा टोकी घाइते भएका कुमालको शनिवार बिहान गण्डकी अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?