आँबुखैरेनीमा टोलमै पुगेर व्यवसाय दर्ता सुरु :पहिले दिन १७ व्यवसाय दर्ता

दमौली : तनहुँको ऑबुखैरेनी गाउँपालिकाले आइतबारदेखि टोलमै पुगेर व्यवसाय दर्ता/नवीकरण र कर संकलन अभियान सुरु गरेको  छ । गाउँपालिकावासीलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्य सहित टोलटोलमै पुगेर यो अभियान सुरु गरेको  हो ।

ऑबुखैरेनी-३ स्थित मनकामना चोकदेखि सुरु गरेको अभियान  क्रममा आज पहिले दिन  १७ जनाले व्यवसाय दर्ता ,२२ जनाले व्यवसाय नविकरण र ५४ जनाले भूमिकर तथा मालपोत कर तिरेको गाउँपालिकाले जनाएको छ ।

व्यवसाय दर्ता गर्दा महिला, दलित र अपाङ्गताको हकमा ५० प्रतिशत छुट दिइनेछ। अभियानका क्रममा आवश्यक पर्ने निवेदन, नविकरण निवेदन, बहाल सम्झौता, मुचुल्का र फोटोकपी सुविधा समेत गाउँपालिकाले उपलब्ध गराउनेछ ।

व्यवसाय दर्ता गर्दा महिला, दलित र अपाङ्गताको हकमा ५० प्रतिशत छुट दिइनेछ। अभियानका क्रममा आवश्यक पर्ने निवेदन, नविकरण निवेदन, बहाल सम्झौता, मुचुल्का र फोटोकपी सुविधा समेत गाउँपालिकाले उपलब्ध गराउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?