बञ्चरेडाँडामा प्रहरीले गर्‍यो हवाई फायर

काठमाडौं : काठमाडौ‌ंको फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गरेको छ।

मंगलबार दिउँसो काठमाडौंबाट लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेका छन्। फोहोरका गाडीलाई अवरोध पुर्‍याएपछि प्रहरीको सुरक्षा घेराबीच बञ्चरेडाँडामा फोहोर फाल्ने गरिएको छ।

स्थानीयबासीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि हवाईफायर गर्नुपरेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

पछिल्लो समय फोहोर व्यवस्थापनमा बञ्चरेडाँडामा तनाव चलिरहेको छ । स्थानीयहरुले फोहोर फाल्न नदिने चेतावनी दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?