दमौली : तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणीसङ्गमास्थित कालीगण्डकी र त्रिशुली नदीको सङ्गम स्थलमा नुहाउने क्रममा रुसी नागरिक बेपत्ता भएको छ ।
बेपत्ता हुनेमा रुसी नागरिक पासपोर्ट नम्बर ७५९१७६६१८ नम्बरको भएको वर्ष २९ को पिटर रुजिन रहेकों जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सङ्गमस्थलमा मङ्गलबार दिउँसो २ बजे नुहाउने क्रममा अचानक डुबी बेपत्ता भएको हो ।
इलाका प्रहरी कार्यालय देवघाट, तनहुँबाट प्रहरी टोली खटिई खोज तलास भइरहेको मङ्गलबार साँझसम्ममा पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?