राप्रपाको महिला संगठन तनहुँको अध्यक्षमा लीलावती

दमौली : राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन तनहुँको अध्यक्षमा लीलावती कँडेललाई चयन भएका छन् । संगठनको जिल्ला भेला एवं तेस्रो अधिवेशनबाट कँडेललाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो ।

त्यसैगरी  उपाध्यक्षहरु नानुमाया बस्नेत, मिना सुनार र टीका देवी दुरा ,सचिवमा रमिता थिङ्ग(तामाङ्ग), सह- सचिवमा नारायणी वंशी ठकुरी  र देवकी सापकोटा ,कोषाध्यक्षमा सपना सुनार  चयन भएका छन् ।

त्यसैगरी  सदस्यहरुमा ,चन्द्रकला थापा,शारदा पिया,सुनिता गुरुङ कुमाल,पूजा लामा, कला राई,निर्मल दमाई,मञ्जना घलान,तुलसा सुनार,सरिता दरै,सुस्मिता बजगाईं,निर्मला भट्ट (आचार्य),मिना सुनार श्रेष्ठ,भगवती पौडेल,छनु मल्ल ठकुरी,सर्मिला शेन ठकुरी,शशी मल्ल र प्रिय श्रेष्ठ चयन भएका छन् ।

उक्त भेलामा राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी केन्द्रीय अध्यक्ष अन्जना शाह रावल, राप्रपाका केन्द्रीय सदस्य गौमाया श्रेष्ठ , केन्द्रीय सदस्य शोभा गुरुङ ,प्रदेश उपाध्यक्ष चन्द्रवती पन्थ ,प्रदेश सदस्य सीता थापा र जिल्ला अध्यक्ष विनोद घर्ति लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?