हामी व्यवस्थाको विरोधी होइनौँ, सुधारको माग गरेका हौंः : रवि लामिछाने

काठमाडौं : नेपाल स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनामा समस्या रहेकाले आफूहरूले प्रदेशसभाका लागि उमेदवारी नदिने घोषणा गरेको बताएका छन् ।

बिहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर लामिछानेले आफूहरू व्यवस्थाको विरोधी नरहेको तर प्रदेशमा समस्या देखिएकाले उमेदवारी नदिने निर्णय गरेको बताए ।

‘हामीले प्रदेश सभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन् । यद्यपि केही समस्या पनि देखिएका छन् । तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं । त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?