नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधि सभामा उपस्थित १९५ सांसद मध्ये विधेयक पारित गर्ने पक्षमा १३५ मत दिएका थिए। त्यस्तै विपक्षमा ६० सांसदले मत दिएका थिए।

अब राष्ट्रिय सभाले पनि पारित गरेपछि यो विधेयक दोश्रो पटक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुग्नेछ। दोश्रो पटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नैपर्ने व्यवस्था संविधानको धारा ११३ मा उल्लेख छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पुनर्विचार गर्नु उपयुक्त हुने बताएको थियो।

एमालेले राष्ट्रिय सहमति गरेर अथवा प्रतनिधि सभाको समितिमा पठाएर विधेयक पुर्नविचार गर्नुपर्ने धारणा राखेको थियो। तर सरकारले जस्ताको तस्तै विधेयक पारित गर्ने बताएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?