करेन्ट लागेर शुक्लागण्डकीमा २ जनाको मृत्यु

दमौली : तनहुँको शुक्लागण्डकीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा निस्ती गाउँपालिका वडा नं. ५ घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न.२ कोत्रे स्थित बंगुर फारममा काम गर्दै आएका २२ बर्षीय चित्र बहादुर ब्याम्बो र९ महिनाको आदी ब्याम्बो रहेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काका अनुसार चित्र बहादुर ब्याम्बो, उनको श्रीमती १९ बर्षीय  दिलमाया ब्याम्बोर आदी ब्याम्बोलाई बिहिवार साँझ माछा मार्ने क्रममा अचानक करेन्ट लागि तिनैजना गम्भिर घाइते भएको थियो ।
घाइते मध्ये चित्र बहादुर ब्याम्बो र उनका छोरा आदी ब्याम्बोको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ भने दिलमाया ब्याम्बोको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?