काठमाडौं : आज पदाधिकारी टुंग्याउने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विना निष्कर्ष सकिएको छ ।
आजको बैठक आसन्न प्रदेश र केन्द्रीय कमिटी बैठकमा केन्द्रित भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । भोलि १ बजे पुन: बैठक बस्ने उनले बताए । पटकपटक पदाधिकारी टुंग्याउने भनिएपनि अहिलेसम्मका बैठकले ठाेस निर्णय गर्न सकेकाे छैन । बुधबार नै प्रवक्ता कृष्णबहादुर महराले धेरै नाम फाइनल भइसकेकाे भन्दै बिहीबार नै सकिने बताए थिएका ।
तर, हिजाेकाे बैठक विभिन्न कारण देखाएर पटकपटक सारियाे । खासगरी महासचिवकाे विषयले माओवादीमा पदाधिकारी चयन पेचिलाे बनेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?