केन्द्रीय सदस्य भट्टराई द्वारा उम्मेद्वार बन्ने घोषणा

दमौली : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आगामी निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट संघीय तर्फ आफु उम्मेद्वार बन्ने घोषणा गरेका छन् । तनहुँको व्यास –११ बेलटारीमा नेपाल महिला संघ वडा कार्य समितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा तीजको दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त बताएका हुन् ।

राजनीतिमै लागेको  ४४  बर्ष  बिताई सक्दा पनि आफु एकचोटी पनि संसदीय निर्वाचन लड्ने अवसर नपाएकोले अवको निर्वाचनमा दाबेदर रहेको उनले बताए । ठुलो संख्यामा उपस्थित महानुभावहरुहरुले उत्साहका साथ उहाँको उम्मेदवारी दाबा प्रति ताली बजार समर्थन जनाएका थिए ।
सबै नेपालीले नागरिकता पाउनु पर्ने भएकाले विधायक आवश्य भएकोभट्टराईको भनाई थियो ।
उक्त  कार्यक्रम व्यास नगरपालिकाका प्रमुख बैकुष्ठ न्यौपाने, नेपाली काँग्रेसका जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, नेपाल महिला संघको अध्यक्ष पवित्रा पौडेल, व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरै,  व्यास नगर उपसभापति शोभा वडु वडाध्यक्ष दलबहादुर दुरा लगायतले  देशको निकास दिने र विकास दिने नेपाली काँग्रेस भएको कुरा जनतालाई बुझाएर काँग्रेसका उम्मेदवारलाई संघ तथा प्रदेशको चुनावमा जिताउन लाग्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?