आदिवासी जनजाति महासंघ व्यास नगरको अध्यक्षमा क्या. सोमबहादुर

दमौली :  नेपाल आदिवासी जनजाति महासंघ व्यास नगर समन्वय परिषदको अध्यक्षमा क्या.सोमबहादर थापामगर चयन भएका  छन्  । शनिवार सम्पन्न तेस्रो नगर अधिवेशनबाट क्या.सोमबहादरको अध्यक्षतामा  ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

उपाध्यक्षमा इमकुमार मल्ल, सचिवमा अमर थापामगर, सह-सचिवमा निर्मला तामाङ, कोषाध्यक्षमा बिरबहादुर दरै चयन भएका छन ।

यस्तैगरी सदस्यहरुमा इन्द्रमाया दुरा, खिलबहादुर घर्ती, बसन्ती कुमाल, धनकुमारी गुरुङ, कृष्णबहादुर बोटे र निरज बोटे चयन भएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?