मानवअधिकार एलायन्सले १५ बुँदे सुझाव सहित सरकारलाई बुझायो ज्ञापनपत्र

दमौली : राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) तनहुँ शाखाले वर्तमान गठबन्धन सरकारलाई १५ बुँदे सुझाव सहितको ज्ञापनपत्र  बुझाएका छन् । मानवअधिकार एलाइन्स तनहुँ शाखाले आईतबार सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो  ।

नागरिकता बिधेयक बहुमतको नाममा दोश्रोपटक जस्ताको त्यस्तै पास गरेको घटना र न्याय सम्बन्धी संशोधन विधेयकमा गरिएको व्यवस्थाको कारण वर्तमान सरकारको लोकतन्त्र प्रतिको मान्यता समाप्त भएको आरोप लगाएको छ ।

सशस्त्र द्वन्द्वको मारमा परी न्यायको पर्खाइमा लामो समयसम्म रहेका द्वन्द्व पीडितको मानमर्दन हुने, उनीहरुको न्यायप्रतिको व्यग्र पर्खाइको उपहास हुने र पीडकहरुलाई सहज उन्मुक्ति दिनेगरी गरिएको व्यवस्था गर्न समेत माग गरेको छ  ।

ज्ञापनपत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?