व्यास नगरपालिकाले लगत प्रविष्ट गर्न भानुभक्त क्याम्पससँग सहकार्य गर्ने

दमौली :  तनहुँको व्यास नगरपालिकाले भूमीहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत प्रविष्ट गर्न आदिकवि भानुभक्त क्याम्पससँग सहकार्य गर्ने भएको छ ।

क्याम्पसमा रहेका प्रविधिमैत्री जनशक्तिको प्रयोग गरी १४ वटै वडाको भूमीहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत प्रविष्ट गर्ने आइतबार सहमति भएको हो ।

नगरपालिकामा संकलन भएका ५५ सय लगतलाई १ महिना भित्र कम्प्युटरमा प्रविष्ट गर्ने कार्यका लागि क्याम्पसँग सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले हाल वडा नं १,२,३ को निस्सा वितरण कार्य सम्पन्न भइसकेको छ ।

बाँकि वडाहरुको कार्य यसै सम्झौता बमोजिम १ महिना भित्र निस्सा बाड्ने  गरि सम्झौता बमोजिम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

उक्त सम्झौता पत्रमा व्यास नगरपालिकाका तर्फबाट नगरका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला र आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हड्खले, व्यास नगरपालिकाका बरिष्ठ इ. रविन्द्र मुल र क्याम्पसको सुचना तथा संचार प्रविधि शिक्षा कार्यक्रमका प्रमुख ई. सुलभ कुमार श्रेषठले संयुक्त हस्ताक्षर गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?